पोखरा – गण्डकी प्रदेशमा आगामी वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


मंगलबार प्रदेशसभामा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपालीले आब २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन् । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षकोमा भन्दा ४ अर्ब रुपैयाँले घटेर ल्याइएको छ । अघिल्लो आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक आम्दानी र संघबाट अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेटको आकार पनि खुम्चिएको हो ।


ADVERTISEMENT

# # #


चालु तर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तीय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष२०७८÷७९ को बजेटमा स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । वित्तीय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरिएको मुख्यमन्त्री नेपालीले बताए ।

स्वास्थ्यलाई प्राथमिकता दिएर आएको गण्डकी प्रदेशको बजेटले प्रदेशका जिल्ला अस्पतालमा आँखा, किड्‍नीका बिरामीलाई डायलाइसिस र ज्येष्ठ नागरिकका लागि वार्ड बनाउन बजेट विनियोजन भएको छ । .

त्यस्तै, प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । कोरोना भएर मृत्यु भएका परिवारका सन्तानलाई ५ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने प्रदेशले घोषणा गरेको छ ।

बजेट हेर्नुहोस्:
>