काठमाडौँ – जनस्वास्थ्यविद् रविन्द्र पाण्डेले लकडाउन खुकुलो गरी जनजीवन सामान्य पार्नुपर्ने बताएका छन् । कोरोना महामारीको दोस्रो लहर ओह्रालो लागेकाले अब जनजीवन सामान्य बनाउने, लकडाउन खुकुलो बनाउने तर जनस्वास्थ्यका मापदण्ड कडाइ गर्नु जरुरी रहेको उनले बताए ।
संक्रमणदर र मृत्युदर घटिरहेको तथा संक्रमण दरको तुलनामा निको हुने दर बढिरहेको उनले बताएका छन् । अस्पतालमा बेड नपाउने स्थिति लगभग समाधान भएको र अक्सिजनको पर्याप्तता बढेको छ उनको भनाइ छ ।


ADVERTISEMENT


अधिकांश नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गरेकोमा हरेक क्षेत्रमा कसरी सुरक्षित भएर काम गर्ने भन्ने चेतना तथा सिप बिकास हुनुका साथै अस्पतालमा साधनस्रोतको उपलब्धता तथा स्वास्थ्य जनशक्तिको अनुभव बढेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


जसकारण जनताको रोग, भोक र शोकको सम्बोधन हुने गरी काम गर्ने बातावरण सिर्जना गर्दै जति सक्यो चाँडो खाखेपको ब्यबस्थापन गरेर आम नागरिकलाई अभियानको रुपमा खोप लगाइ निषेधाज्ञा खोल्नुपर्ने उनले बताए ।