काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कुनै पनि बाहानामा सार्न नमिल्ने भन्दै सरकारलाई खबरदारी गरेका छन् ।  वाम गठबन्धन बनाएका दुई दलका शीर्ष नेताहरुले आज पत्रकार सम्मेलन गर्दै सर्वोच्चको पछिल्लो आदेश निर्वाचन सार्न खोज्ने खालको भएको आशंका व्यक्त गरे ।


ADVERTISEMENT


सो पत्रकार सम्मेलनका क्रममा एमाले र माओवादीद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘निर्वाचन सार्नु मौसम अनुसार पनि उपयुक्त हुँदैन । कुनैपनि बाहानामा निर्वाचन सार्ने, टार्ने वा बिथोल्ने काम लोकतान्त्रिक अभ्यास, नेपाल र नेपाली जनताका विरुद्ध हुन जान्छ ।’


ADVERTISEMENT

# # #


मनोनयनको प्रक्रिया सुरु भइसकेको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले कुनै पनि बाहानामा चुनाव सार्न नमिल्ने बताए ।

निर्वाचनको मिति सार्नु राजनीतिक, व्यावहारिक वा सम्बैधानिक कुनैपनि हिसाबले सम्भव नभएको एमाले अध्यक्ष ओललीले बताए । मतपत्र राजनीतिक दल र निर्वाचन आयोगले संयुक्त रुपमा तय गरेको भन्दै उनले भने, ‘अब स साना कुरामा अििल्झने समय छैन ।’

लोकतान्त्रिक प्रत्रियालाई कसैले अवरुद्ध वार्न खोज्छ भने त्यो कुरा नेपाली जनतालाई सह्य नहुने भन्दै उनले लोकतन्त्र कसैको उपहार नभई जनताको बलिदानबाट प्राप्त भएको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनको सबै तारी भइसकेकाले कहीँकतैबाट पनि सार्न नखोजोस् भनेर पत्रकार सम्मेलनको आयोजना गरिएको भन्दै माघ ७ सम्म संसद छ भन्ने हक्का राख्न आग्रह गरे ।