काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराएका ओलीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले ७ मन्त्री र १ राज्यमन्त्रीको नियुक्तिका लागि सिफारिस गरे लगत्तै राष्ट्रपति भण्डारीले उनीहरुलाई नियुक्त गरेकी हुन् । जस अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमालेका ओली निकट मानिने उनी २०७४ को निर्वाचमा उनी कास्की–१बाट निर्वाचित भएका थिए ।


ADVERTISEMENT

# # #


यस्तै सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा सर्वोच्चले नेकपा एकता खारेज गरेपछि नेकपा माओवादी केन्द्र छाडेर एमाले ओली समूहमा लागेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी नैनकला थापा नियुक्त भएकी छन् । उनले यसअघि महिला आयोगको अध्यक्षका रुपमा काम समेत गरिसकेकी छन् ।

यस्तै कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विक नियुक्त भएका छन् ।