काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदभार अब पवनकुमार खड्काले सम्हाल्ने भएका छन् ।


ADVERTISEMENT


कम्पनीको सीईओ पदका निम्ति बीमा समितिले मंगलबार स्विकृती दिएसंगै उनले आगामी चार वर्षका निम्ति सो पदभार सम्हाल्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल लाइफबाट बीमा क्षेत्रको यात्रा सुरू गरेका खड्का विगत सात वर्षदेखि बीमा क्षेत्रमा आबद्ध रहेका छन् । नेपाल लाइफमा काम गरेपश्चात् विशाल सिमेन्टको सीईओ रूपमा एक वर्ष बिताएका उनले जलविद्युत तथा शिक्षा क्षेत्रमा पनि व्यवसायिक अनुभव समेत हाँसिल गरेका छन् ।