भोजपुर – जिल्लाको बासिखोरास्थित अस्थायी चौकीको स्थापना गरिएको छ । बुधवार प्रदेश नं १ का जिल्ला प्रहरी कार्यालय भोजपुर मातहतमा रहने गरी अस्थायी प्रहरी चौकी स्थापना गरी कार्य सञ्चालन आरम्भ गरिएको हो ।


ADVERTISEMENT


यससंगै लामो समयदेखि प्रहरी चौकीको आवश्यकता भएको भन्दै यसका लागि पहल गर्ने पारुहाङ राईको मेहेनतले पनि सार्थकता पाएको छ । चौकी स्थापना पछि यहाँका स्थानीय प्रफुल्ल भएको वडाध्यक्ष सूर्यबहादुर राईको भनाई छ ।


ADVERTISEMENT

# # #


रामप्रसादराई गाउँपालिका रहेको यस ठाउँको नामा वि.सं २००७ सालका प्रजातान्त्रिक नायक जननायक रामप्रसाद राइको जन्मस्थल रहेकाले उनको सम्मान स्वरुप उनकै नामबाट नामाकरण गरिएको जनाइन्छ ।