काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।


ADVERTISEMENT


बुधबार विमानस्थल पुगेर मन्त्री अरगरियाले बिमानस्थलको संरचना र सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिए । त्यस्तै उनले विमानस्थलको रन वे र पार्कीङ क्षेत्रको पनि निरीक्षण गरे । विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै शौचालय लगाएत समग्र सरसफाईका बारेमा पनि उनले चासो व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


अनुगमनका क्रममा मन्त्री अरगरियाले यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापनलाई चूस्तदुरुस्त राख्न निर्देशन दिए । विमानस्थल पहिलेको भन्दै धेरै नै सुधार भएको भन्दै उनले केही कमीकमजोरीलाई पनि समाधान गर्दै अघि बढ्ने धारणा राखे । उनले सरसफाईका लागि पनि २४ घण्टा नै जनशक्ति व्यवस्थापन गरिने जानकारी दिए ।

उनले विमानस्थको समग्र सुधार र व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर अघि बढ्ने जानकारी पनि दिए ।