काठमाडौँ – नेपालमा बुधबार थप ४ हजार ३४४ जना व्यक्ति कोरोना संक्रमित फेला परेका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएको हो । नेपालमा हालसम्म ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ । बुधबार ५ हजार ७६८ जना संक्रमित निको भएका छन् । निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर ८० हजार ३३६ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।