काठमाडौँ– निषेधाज्ञाको नियम मिचेर दिउँसो पसल सञ्चालन गरेको आरोपमा कोटेश्वर भाटभटेनीका म्यानेजर सागर गुरुङ पक्राउ परेका छन् ।


ADVERTISEMENT


काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाए अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोर खोल्न पाइने व्यवस्था भएपनि निषेधाज्ञाको उल्लघन गर्दै दिउँसो समेत खुला राखेकाले उनी पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


दिउँसो पनि डिपार्टमेन्ट स्टोर खुला राखेको छ भन्ने सूचना पाएपछि अनुगमनका लागि पुगेका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि कडाईका साथ मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । सो समयमा व्यक्तिलाई आवश्यक खाद्यान्न जुटाउनको लागि भने बिहान ९ बजेसम्म किराना, तरकारी तथा डिपार्टमेन्ट स्टोर खुला गर्न सकिने नियम लागु गरेको छ ।