मकवानपुर– मदन भण्डारी राजमार्गको निर्माणाधीन धरान चतरा सिन्धुली हेटौंडा सडकको मकवानपुर जिल्लाको बागमती गाउँपालिका—४ र सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका—३ को सिमानामा पर्ने बागमती नदीमा निर्माणाधीन पुलको करीब ८० प्रतिशत काम सम्पन्न भएको छ ।

मदन भण्डारी राजमार्गका इन्जिनीयर बीरेन्द्रप्रसाद महतोले दिएको जानकारी अनुसार, १२ वटा पिलर भएको ७१३ मिटर लम्बाइको बाग्मती पुलको लागत भ्याटबाहेक रु २३ करोड ५३ लाखमा २०६८ असार महिनामा स्वच्छन्द निर्माण सेवाले निर्माण शुरु गरेकामा २०७३ असारमा सम्पन्न गर्ने अवधिमा सम्पन्न नभएपछि पटकपटक गरी पाँचपटक म्याद थप गरेकामा हाल पुलको काम ८० प्रतिशत सकिएको हो ।


ADVERTISEMENT

# # #


सो पुल निर्माण गर्ने ठेकेदारका प्रतिनिधि सन्तोष सापकोटाले विविध कारणहरु डिजायन थप गर्ने, नाकाबन्दी, भूकम्प, लकडाउन तथा प्राविधिक समस्याको कारण निर्माणमा ढिलाइ भएकामा अब द्रूत गतिमा काम भइरहेको र चार महिनामा सम्पन्न हुने गरी काम गरिरहेको बताएका छन् ।

स्थानीय बासिन्दा शङ्करकुमार पराजुलीले विगतमा बागमती नदीमा पुल नहुँदा तर्न ट्युबको सहायताले जोखिमपूर्वक नदी तर्नुपर्र्ने बाध्यता थियो । अब पुल बनेपछि सिन्धुली जिल्लाका जनतालाई आफ्ना कृषि उत्पादन बिक्री गर्न, उच्च शिक्षा हासिल गर्न, उपचार गर्न हेटौंडा जान सजिलो हुने र यस क्षेत्रको विकासको ढोका खुल्ने बताए । रासस

प्रतिकृया

प्रतिकृया