काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गरेका छन् ।


ADVERTISEMENT


उनले ट्विटरमार्फत एक ट्विट गर्दै आफुलाई कारण देखाउँदै एकताको प्रयास सफल नभएको भन्ने ओलीको भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण रहेको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त ट्विटमा उनले लेखेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

आइतबार ओलीले एक प्रस्ताव प्रस्तुत गर्दै सर्वोच्च अदालतले अलग हुने फैसला गरेपछि पनि आफूले माओवादी केन्द्रसँग एकताको प्रस्ताव गरेता पनि प्रचण्डको अनिच्छाका कारण सफल हुन नसकेको आरोप लगाएका थिए ।