काठमाडौँ – कोभिड महामारीका कारण शुरु भएको निषेधाज्ञाको असरस्वरुप व्यवसायीले पेशा परिवर्तन गर्न थालेका छन् । साना तथा मझौला व्यवसायमा संलग्न व्यवसायीहरु उद्योग छाडेर कृषिकर्म शुरु गर्न थालेका छन् ।
निषेधाज्ञा थपिदै जान थालेपछि आफूहरु पेशाकै विकल्प खोज्न थालेको उनीहरुको भनाइ छ ।


ADVERTISEMENT


साना तथा मझौला व्यवसायी संघका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला व्यवसायी विस्थापित हुनु परेको बताए । उनकाअनुसार अहिले चियापसल, फेन्सी, सैलुन र कपडा पसल लगायत सञ्चालन गर्दै आएका व्यवसायीहरुले अन्य पेशा अँगाल्न थालेका छन् ।


ADVERTISEMENT

# # #


कुलेश्वरमा सैलुन चलाउँदै आएका राज ठाकुर तरकारी बेच्न थालेका छन् । उनी भन्छन् , ‘निषेधाज्ञाका कारण परिवार पाल्न नसकिने अवस्था आएर तरकारी र फलफुल ल्याएर बेच्न थालेको छु।’

यस्तै कलंकी खसीबजारका व्यवसायी राजेन्द्र केसी पनि कुखुराको मासु काटेर बेच्न थालेका छन् । निषेधाज्ञा अघि उनको विद्युतीय सामाग्रीको पसल थियो ।