काठमाडौँ – बुद्ध एयरले एटीआर–७२ जहाजबाट काठमाडौं–तुम्लिङटार परीक्षण उडान गरेको छ । बुद्ध एयरले शुक्रबार उक्त परीक्षण उडान सफल गरेको हो ।


ADVERTISEMENT


परीक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर जनरल, क्याप्टेन दधिराम निरौला, इन्सपेक्टर, फ्लाइट अपरेशनलगायत बुध्द एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सामेल थिए ।


ADVERTISEMENT

# # #


एटीआर–७२ जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने बुद्ध एयरले विश्वास व्यक्त गरेको छ ।