प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि खुलेको म्यादी प्रहरी बन्न बाबु–छोरी नै लागि परेका छन्।


ADVERTISEMENT


बनेपा नगरपालिका–६ मा बस्दै आएका ४८ बर्षीय हिमनिम तिम्ब शेर्पा र उनका छोरीहरु स्नातक अध्यनरत मिङ्मा, कक्षा १२ मा अध्यनरत निमदिकी शेर्पा म्यादी छनौंटमा सहभागि भएको खबर आजको अन्नपूर्ण पोष्टमा श्रीराम केसीले लेखेका छन्।


ADVERTISEMENT

# # #


धुलिखेलस्थित जिल्ला प्रहरी कार्यायलयमा भएको छनोटमा तीन बाबुछोरीले एकैपटक शारीरिक र लिखित परीक्षा दिएका हुन्। शेर्पा परिवारले धुलिखेलमा होटेल व्यवसाय गर्दै आएको छ। पैसा भन्दा पनि राष्ट्र सेवाका लागि म्यादीमा जागिर खान आएको निमदिकीले बताइन्।