काठमाडौँ – नेपालका लागि विद्युतीय गाडीका आधिकारिक विक्रेता कम्पनीले विद्युतीय गाडीको मूल्य घटाएका छन् । शनिवार अर्थमन्त्री


ADVERTISEMENT


विष्णुप्रसाद पौडेलले बजेटमार्फत विद्युतीय गाडीको अन्तशुल्क कर हटाएका थिए ।


ADVERTISEMENT

# # #


योसँगै कम्पनीहरुले नयाँ मूल्यसूचिसहित बुकिङ खुल्ला गरेका हुन् ।

नयाँ सूचिअनुसार एमजीले जेडएस ईभीको मूल्य ५० लाख ९९ हजार, हुण्डाई कोनाको मूल्य दुई फरक भेरियन्टअनुसार ५६ लाख ९६ हजार एवं ७१ लाख ९६ हजार तथा आयोनिकको मूल्य ५७ लाख ९६ हजार निर्धारण गरेका छन् र कियाले निरोको मूल्य ६९ लाख ९० हजार निर्धारण गरेका छन् ।