काठमाडौँ – निषेधाज्ञा खुकुलो गरेर थप एक साता लम्बाउने तयारी गरिएको छ ।


ADVERTISEMENT


मंगलवार बसेको काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकृत (सीडीओ)को बैठकले यसअघि कडाइ गरिएका विषयलाई खुकुलो गर्नुपर्ने निश्कर्ष निकालेकोमा आज बिहाना १० बजे आधिकारिक निर्णय गर्न सीडीओको बैठक बस्दैछ ।


ADVERTISEMENT

# # #


मंगलवार भच्र्युल माध्यमबाट बसेको सीडीओको बैठकले यो सातापूर्वको जस्तै निषेधाज्ञा गर्ने निश्कर्ष निकालेको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

यसअघि थपिएको निषेधाज्ञा बिहीवार रातिदेखि सकिदैछ । गत बिहीवार खाद्यान्न र किराना पसल समेत खोल्न नदिने निर्णय प्रशासनले गरेकोमा त्यसको चौतर्फी विरोध भएको थियो ।

यसका साथै नयाँ निषेधाज्ञापछि निर्माणका काम पनि खुला गर्ने तयारी गरिएको छ ।