काठमाडौँ – चीनले दोस्रो चरणमा अनुदानमा दिएको १० लाख खोप आउँदो मंगलवार (जेठ २५ गते)देखि लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट अनुदानमा आएको भेरोसेल खोप जेठ २५ गतेदेखि लगाउने तयारी गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT


उनकाअनुसार यसअघि प्राप्त भेरोसेल खोप लगभग सबैलाई डबल मात्रा लगाइसकिएकोमा लगाउन बाँकी केहीसमेतलाई गरी प्राथमिकताका आधारमा खोप लगाइनेछ ।


ADVERTISEMENT

# # #


अघिल्लो बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलमा चिनियाँ राष्ट्रपति सी चिनपिङले अनुदानमा उपलब्ध गराउने भनेको १० लाखमध्ये ८ लाख डोज खोप मंगलवार नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको विमानबाट मंगलवार तिब्बतबाट ८ लाख डोज खोप नेपाल आइपुगेकोमा बाँकी २ लाख डोज खोप बुधवारसम्म आइपुग्ने जनाइएको छ ।