काठमाडौँ– मनाङको प्रदेश सभा सदस्य ‘ख’की एमाले उम्मेदवार खण्डा लामा गुरुङले आफ्नो उमेदवारी फिर्ता लिएकी छिन् ।


ADVERTISEMENT


स्वतन्त्र उमेदवारी दिएका गुण्डा नाइके दीपक मनाङ्गेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन् । एमालेले प्रदेशसभामा मनाङ्गेको नाम सिफारिस गरेको थियो । तर, चौतर्फी आलोचना भएपछि टिकट दिइएन ।


ADVERTISEMENT

# # #


लगतै मनाङ्गले स्वतन्त्र उम्मेदवारी दिए । बुधबार एमालेले उम्मेदवारी फिर्ता लिएको छ ।

एमाले मनाङ अध्यक्ष एवं प्रतिनिधिसभाका उम्मेदवार पाल्देन छोपाङ गुरुङले भने, ‘उनीहरु (मनाङ्गे र खण्डा) दाजु बैनी हुन् । हाम्रो उम्मेदवारी फिर्ता भएको छ । अब उहाँलाई समर्थन गर्छौं ।’

अब कांग्रेस उम्मेदवार कर्मा गुरुङ र मनाङेबीच प्रतिस्पर्धा हुनेछ । मनाङे केही समयअगाडि मात्रै राप्रपा छोडेर एमाले प्रवेश गरेका थिए ।