काठमाडौँ– स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेको छ । भुईंमा छापिएको ढुंगामा अस्वभाविक तातो आएपछि यसको बारेमा अनेकन चर्चा र अड्कलबाजी भइरहेको छ ।


ADVERTISEMENT


सो ढुंगालाई छोएर प्रत्यक्ष अनुभव गर्नेहरुको भीड लाग्ने गरेको छ । धेरैले यसलाई दैवीशक्तिसँग जोडेर चर्चा गरिरहेका छन् । किन एउटा मात्रै ढुंगा तात्यो भन्ने प्रश्न सबैको छ । मंगलबार खानी तथा भूगर्भ विभागको टोली नै ढुंगा तात्नुको रहस्य पत्ता लगाउन स्वयम्भु पुग्यो ।


ADVERTISEMENT

# # #


भूगर्भ विभागका उपसचिव सुरेस श्रेष्ठको नेतृत्वमा गएको टोलीले ‘ग्राउन्ड पेनिट्रेटिङ रडार’ लगाएर जाँच गर्‍यो । जमिनमुनि के भइहरेको छ भनेर अध्ययन गर्न यो रडार प्रयोग हुन्छ । विभागले त्यहाँ कुनै इलेक्ट्रिक ‘सर्ट सर्किट’ भएको अनुमान गरेको थियो । तर, परीक्षणमा भने रडारले त्यहाँ कुनै ‘सर्ट सर्किट’ भएको देखाएन । जसका कारण ढुंगा तात्नुको रहस्य अझै गर्भमै रह्यो ।

‘हामीसँग भएको रडारले त्यहाँ कुनै संकेत देखाएन । अब के भएको हो भन्ने बुझ्न उत्खनन नै गर्नुपर्छ’ उपसचिव श्रेष्ठले भने,’एक दिन सो क्षेत्रको विजुली कटाएर पनि जाँच गर्न सकिन्छ । छलफल गर्दैछौं ।’

पुरतात्विक महत्वको क्षेत्र भएकाले उत्खनन गर्न पुरातत्व विभागको स्वीकृति चाहिन्छ । स्वम्भुको अनन्तपुरर महाचैत्यको बीचमा तातेको ढुंगालाई इटाले घेरिएको छ ।

स्वयम्भुमा अहिले भूकम्पपछिको पुनर्निर्माणको काम चलिरहेको छ । अनन्तपुर, प्रतापपुर र शान्तिपुर मन्दिर निर्माणको क्रममा छन् ।