काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १० मन्त्रीको राजीनामा मागेको छ । उक्त पक्षले आफू सरकारमा सहभागी हुन तयार भएको भन्दै ८ मन्त्री र २ राज्यमन्त्रीसहित १० मन्त्रीको राजीनामा माग गरेको हो ।


ADVERTISEMENT


अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र ठाकुर/महतोबीच छलफल भइरहेको छ । सांसद् नरहेका सात जना मन्त्री बनाउन नहुने सर्वोच्च अदालतको आदेशपछि हाल सांसद् नभएका ७ सहित रक्षा मन्त्रालय गरी ८ वटा मन्त्रालय खालि छन् । यीसहित जसपाले थप दुई राज्य मन्त्रालयको माग गरेको हो ।


ADVERTISEMENT

# # #


ठाकुर महतो पक्षले सरकारमा सहभागी हुने तयारी गरिरहँदा जसपा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने सरकारको विरुद्धमा संघर्ष गरिरहेको छ ।