काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन् ।


ADVERTISEMENT


उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जनाएको होे ।


ADVERTISEMENT

# # #


उनका अनुसार, पोखरेलले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह समेत गरेका छन् ।

उक्त टेलिफोन संवादमा सहयोगताको तत्परता देखाउँदै पोखरेलले भने, ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं ।’

कोरोना संक्रमणबाट थलिएका थापाको हाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।