वीरगञ्ज- कोरोनाको महामारीबीच जागिनुपर्ने सरकारी निकायहरुको कदम खासै प्रभावकारी हुन सकेको देखिदैन । यद्यपि मनकारी व्यक्तित्वहरुले भने सानै भएपनि ती आवश्यकता पुरा गर्ने जमर्काे गरिरहेको देखिन्छ । यसैबीच अभेनेत्री मनिषा कोइराललो वीरगञ्जस्थित नारायणी अस्पताललाई चार थान भेन्टिलेटर सेटसहित केहि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।


ADVERTISEMENT


कोरोनाको महामारीमा अति प्रभावित वीरगञ्ज र मध्यतराई देखिएको बिरामी चापसंगै नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी प्राप्तपछि उनले सो स्वास्थ्य उपकरणहरुको अभावलाई केहि हदसम्म राहत दिने उद्देश्यले सो सामाग्री सहयोग गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनका तर्फबाट नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्र किशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा उदयनारायण सिंहलाई सो सामाग्री हस्तान्तरण गरेका छन् ।

हस्तान्तरित सामाग्रीअन्र्तगत भेन्टिलेटरसंगै १००÷१०० थान फेससिल्ड र पीपीई तथा ३ थान फूल फेस मास्क प्रदान समेत गरिएको छ । कोरोना महामारीको दोस्रो लहरमा वीरगंज तथा मध्यतराईका जिल्लाहरु बढी प्रभावित भएको र नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी पाएपछि अभिनेत्री कोइरालाले सहयोग पठाएकी हुन्।

उनको यस मनकारी क्रियाकलाप्रति कृतज्ञता जनाउँदै अस्पतालले सो सामाग्रीको सहि सदुपयोग हुने विश्वास व्यक्त गरेको छ ।