काठमाडौँ– पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरराष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अनुरोध गरेको छ ।


ADVERTISEMENT


विदेशबाट नेपाल फर्कँदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायत विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिन तथा सङ्घले लामो समयदेखि नै माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीको माग सम्बोधनका लागि समेत नेपाल सरकारलाई अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #