काठमाडौँ – नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयको भर्त्सना गरेको छ ।


ADVERTISEMENT


तरुण दलले विज्ञप्ति निकाल्दै मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीद्वारा षड्यन्त्रपूर्वक तरिकाले गरिएको प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वैच्छाचारी र प्रतिगामी भएको नेपाल निश्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको उक्त निर्णय ईतिहासमै जनता र जनप्रतिनिधि जनप्रतिनिधिहरुको साझा थलो संसद माथि गरिएको सबैभन्दा ठूलो धोका र गद्दारीपुर्ण कार्य हो भएको ठहर तरुण दलको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीले देश र जनता आक्रान्त भएको संकटपुर्ण अवस्थामा जनतालाई सहज उपचारको व्यवस्था मिलाउने कार्यलाइ बेवास्ता गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्य माथिको गम्भीर खेलवाड अक्षम्य अपराध हो । उक्त कदमको नेपाल दल घोर निन्दा र भर्त्सना गर्दछ ।’

तरुण दलले उक्त निर्णय विरुद्ध अन्य राजनीतिक दलका युवा संगठनहरु योङ कम्युनिष्ट नेपाल,समाजवादी युवा संघ–नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशिल साझा युवा संगठन संग समन्वय र छलफल अघि संघर्ष गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष जीतजङ्ग बस्नेतले जानकारी दिए ।

No description available.