काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्माओलीले आफसहितका ११ जना नेतालाई पार्टीबाट निष्काशित गरेको भन्नु हास्यास्पद रहेको बताएका छन्


ADVERTISEMENT


सोमबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेता रावलले आफहरुमाथिको कारबाहीको निर्णय फुटवादको निरन्तरता रहेको बताएका हुन् । उनले भनेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्काशित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।’


ADVERTISEMENT

# # #


सोमबार बाल्वाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दलीय प्रणाली विपरीत हस्ताक्षर गरेकामा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि पार्टीबाट निष्काशित गरेको थियो ।

कारबाहीमा पर्नेमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का रहेका छन् ।