काठमाडौँ – विपक्ष गठबन्धनले प्रधानमन्त्री केपी शर्माओलीले गरेको संसद विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गएको छ ।


ADVERTISEMENT


सोमबारकांग्रेस सभापति देउवा, नेपाल(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका नेतृत्वमा १४६ निवर्तमान सांसदले नागरिकता र हस्ताक्षर बाकेर सर्वोच्चमा रिट दायर गरेका हुन् ।


ADVERTISEMENT

# # #


विपक्षी गठबन्धनले रिटमा संसद विघटनको निर्णयलाई खारेज गर्न, संसद अधिवेशनको मिति तोक्न तथा देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेको छ ।

संसदको विश्वासको मत गुमाएर संविधानको धारा ७६ (४) अनुसार पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन नसक्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसमा विपक्षी गठबन्धनबाट देउवाले १४९ तथा ओलीले १५३ सांसदको समर्थन भएको दाबी गर्दै आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी प्रस्तुत गरेका थिए ।

तर, राष्ट्रपतिले दुबै जनाको दाबी नपुगेको भन्दै खारेज गरेकी थिइन् । त्यसलगत्तै ओलीले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा गर्नेगरी निर्वाचन गर्ने निर्णय गरेका थिए । विपक्षी गठबन्धन सोही विरुद्ध संर्वोच्च पुगेको हो ।