काठमाडौँ – प्रभु बैंक लि. ले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन-तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र (डिबेन्चर) मंगलबारदेखि निष्काशन गर्ने भएको छ ।


ADVERTISEMENT


बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रकम रु. ४ अर्ब मध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात् १ अर्ब ६० करोड ऋणपूँजी रकम (५% अर्थात् ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गर्नेछ । साथै २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रु. २ अर्ब ४ं० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।


ADVERTISEMENT

# # #


सो ऋणपत्र खरिदका लागि छिटोमा जेष्ठ १६ गतेसम्म आवेदन दिनु पर्ने बैँकले जनाएको छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेष्ठ २६ गतेसम्म लम्बिन बैँकको भनाई छ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लि. रहेको छ ।