काठमाडौं : स्थानीयले पर्यटकीय क्षेत्र ठमलेलाई सवारीमुक्त बनाउने निर्णयको विरोध गरेका छन्। स्थानीयको चर्को विरोधसँगै निर्णय परिवर्तन गर्ने तयारी भएको छ। सवारीमुक्त बनाउने ठमेल पर्यटन परिषद् नै निर्णयबाट पछि हट्ने सम्भावना देखिएको छ। यस विषयमा परिषद्ले मंगलबारदेखि सरोकारवालासँग छलफल सुरु गरेको छ।


ADVERTISEMENT


‘विनातयारी सस्तो लोकप्रियताका लागि सवारीमुक्त क्षेत्र घोषणा भयो, स्थानीय रमेश महर्जनले भने, ‘पर्यटकीय क्षेत्रको शोभा बढाउन निर्णय राम्रो भए पनि त्यसबाट पर्ने असरको ख्याल गरिएन । सवारीमुक्त भएसँगै होहल्ला र सवारी प्रदूषण कम भए पनि पुस्तौंदेखि यहीँ बस्दै आएकालाई असहज भएको उनको भनाइ छ।
स्थानीय विना श्रेष्ठ पनि सवारीमुक्त क्षेत्र व्यावहारिक नभएको बताउँछिन् । तिहार अघिसम्म स्कुटरमै राखेर बच्चालाई स्कुल ल्याउने-लैजाने गरे पनि अहिले बच्चालाई हिँडाएरै स्कुल लैजानुपरेको उनको गुनासो छ। चोकमा बसेका सुरक्षाकर्मी र ट्राफिक प्रहरीले पनि सवारीसाधनको साँचो जबर्जस्ती खोस्न थालेपछि स्कुटर घरैमा थन्क्याएर बच्चालाई स्कुल लैजाने र आफू पनि हिँडेरै अफिस जान थालेको उनी बताउँछिन्।


ADVERTISEMENT

# # #


ठमेल पर्यटन विकास परिषद्, काठमाडौं महानगरपालिकाका र ट्राफिक प्रहरी महाशाखाको संयुक्त प्रयासमा आइतबारदेखि ठमलेका केही क्षेत्रमा सवारी प्रवेश बन्द गराउने निर्णय भएको थियो।
सवारीसाधन राख्ने उचित ठाउँ आसपासमा नभएको कपडा व्यापारी विराज अधिकारीले बताए। सवारीमुक्त क्षेत्र घोषणाले व्यापारमा कमी आए पनि वातावरण शान्त भएको उनको भनाइ छ। अमेरिकन नागरिक जेम्स लुइसले भने सवारीमुक्त क्षेत्रको स्वागत गरे। आरामदायी स्वास्थ्यका लागि केही समय हिँड्नुपर्ने उनको भनाइ छ। आफूलाई चाहिएको सामान पनि शान्त वातावरणमा खरिद गर्दै मज्जा लिन पाइएको उनको भनाइ छ।

ठमेल पर्यटन विकास परिषद्, काठमाडौं महानगरपालिकाका वडा १६, १७, २६ र २७ तथा ट्राफिक प्रहरी महाशाखाको संयुक्त प्रयासमा आइतबारदेखि ठमलेका केही क्षेत्रमा सवारी प्रवेश बन्द गराउने निर्णय भएको थियो। सवारीमुक्त क्षेत्र घोषणा भएको तीन दिन नबित्दै निर्णय उल्टाउने तयारीमा परिषद् छलफलमा लागेको छ। विनातयारी माथिल्लो तहबाट लागू गरिएको निर्णयले ठमलका केही क्षेत्रमा अहिले सवारी अस्तव्यस्त भएको देखिन्छ।
परिषद्ले बुधबारदेखि पूरै ठेमलेका काला प्लेटका सवारी र मोटरसाइकल प्रवेशलाई मात्रै निषेध गराउने कि भने विषयमा छलफल सुरु गरेको परिषद्का महासचिव भवी शर्माले बताए। सबै क्षेत्रमा एकैपटक सवारीमुक्त गर्दा व्यावहारिक नहुने उनको तर्क छ। परिषद्ले दुई वर्षअगाडि गरेको अध्ययनमा ठमलेका व्यवसायी र स्थानीयका गरी दुई सयजति गाडी र १५ सयभन्दा बढी मोटरसाइकल रहेको देखाएको उनले बताए।
हतारमा आएको निर्णयलाई अहिले सरोकारवालासँगको छलफलमा केही परिमार्जन गर्ने तयारीका परिषद् लागेको उनको भनाइ छ । ठमलेको पार्किङ क्षमता कति हो र व्यवसायी तथा स्थानीयले आफ्नो सवारी कसरी व्यवस्थापन गर्न सक्छन् वा सक्दैनन् रु बाहिरबाट आउने सवारीका लागि नजिकै कहाँ व्यवस्थापन गर्न सकिन्छ लगायत विषयमा अध्ययन गरेर मात्रै सवारीमुक्त क्षेत्र लागू गर्नुपर्ने महासचिव शर्माको तर्क छ।
स्थानीय र व्यवसायीको सवारी व्यवस्थापन गरेर मात्रै बाहिरका सवारी बन्द गर्नुपर्ने उनको भनाइ छ। होटल व्यवसायीले भने सवारीमुक्त क्षेत्रको विरोध नगरे पनि पर्यटकका लागि सहजै आवतजावत गराउन दिनुपर्ने माग गरिरहेको छ । विमानस्थलबाट लगेजसहित आएका पर्यटकलाई आउने र जाने ड्रप जोन तत्काल बनाउनुपर्ने उनीहरूको भनाइ छ।
सवारीसाधनमुक्त क्षेत्र सही भए पनि व्यवसायीको अर्बौं रुपैयाँ लगानीमा सरकारले ध्यान दिनुपर्ने नेपाल होटल एसोसिएसन (हान) का महासचिव विनायक शाहले बताए । उनले भने, ‘सवारी प्रवेशका लागि मापदण्ड बनाएर कुन समयमा कस्ता सवारीलाई कति र कसरी प्रवेश गराउने निक्र्योल गर्नुपर्छ। पर्यटकलाई होटल पुग्न सहज होस् । विमानस्थलदेखि ठमेल पुग्ने पर्यटकलाई ड्रप जोनको प्रभावकारी व्यवस्था हुनुपर्नेमा पर्यटन व्यवसायी सुमन पाण्डेले जोड दिए ।
हाल होटल व्यवसायी र सवारीसाधन रोकिएका क्षेत्रको गुनासो पनि सरोकारवालाले सुन्नुपर्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । स्थानीय र ठमेलमा विभिन्न पेसा व्यवसाय गरेर बसेकाको सहमतिमा पहिलो चरणमा केही स्थानमा सवारीमुक्त क्षेत्र घोषणा भएको ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनाल बताउँछन् । सबैको सहयोग भएको मात्रै नियम कार्यान्वयनमा सहज हुने उनको भनाइ छ । -आजको अन्नपूर्णबाट