कोराककाली खोलाका राजकुमार प्रजाले २७ वटा गैंडा मारे। गैंडाको खाग तस्करीमा संलग्न प्रजा अहिले भरतपुर कारागारमा सजाय काटिरहेका छन्। भरियाको काम गरेका उनी गैंडा मार्ने योजनाकारसमेत भए। गैंडा आउने ठाउँ र त्यसको योजना प्रजाले बनाएपछि उनको निर्देशनमा अरूले गैंडा मार्थे। उनलाई भिनाजु पूर्वी चितवन पर्साका रामचन्द्र प्रजाले गैंडा मार्न सिकाएका हुन्।


ADVERTISEMENT


उनी २०६० सालबाट गैंडाको खाग तस्कर गर्नेहरूका भरिया बने । त्यस क्रममा उनले दुईवटा गैंडा मारेका थिए । त्यसपछि उनी योजनाकार बनेका हुन् । उनले अहिलेसम्म २७ वटा गैंडा मारेको स्वीकार गरेका छन् । गैंडा मारेपछि समूहमा पाउने सात लाख बाँढेर लिने गरेको उनले बताए । उनलाई मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याइएको हो। उनलाई पक्राउ गरेपछि चोरी सिकार नियन्त्रणमा ठूलो उपलब्धि मानिएको थियो।
खाग तस्करी र सिकारमा उनी कहलिएका थिए। २०७१ साल माघमा उनी मलेसियाको क्वालालम्पुरबाट समातिएका हुन्। उनले २० वटा गैंडा मारी खाग बेचेको, ५ वटा गैंडालाई गोलीहानी घाइते बनाएको र छुट्टै दुईवटा खाग बेचेका थिए। अहिले भने आफूले गरेको कार्यमा उनलाई पछुतो लागेको छ। ‘कमाएको पैसाभाग्दा र लुक्नमै गयो, अहिले जेलमा बस्नु परेको छु, उनले भने, ‘गलत गरेछुजस्तो भएको छ, निस्केपछि अरूलाई त्यसो नगर्न भन्छु ।
कामका लागि उनले परिवारका सदस्य र नजिकका नातेदार प्रयोग गरे । गैंडाको खाग तस्करीमा संलग्न प्रजासँगै अहिले अन्य सातजना परिवारका सदस्य भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका छन् । आर्थिक प्रलोभनले परिवारका सदस्य उक्साहटमा लागेका थिए । अहिले सबैले पछुतो मानेका छन् । प्रजाका भिनाजु, दुई दाइहरू दलबहादुर र बलबहादुर, भान्जा बुद्धिबहादुर र साला काजीमान प्रजा पनि कैद भुक्तान गरिरहेका छन् । पैसाको लोभ गर्दा फसिएको राजकुमारका जेठान कोराक समिटारका वीरबल प्रजाले बताए ।
‘आफू जेलमा छु, परिवारको विचल्ली भएको छु, उनले भने, ‘संगतले फसें, अब छुटेपछि खेतीपातीमा लाग्छु । १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानासहित उनलाई सजाय तोकिएको थियो। एक लाख जरिवाना तिर्न नसकेको दुखेसो गरेका उनले त्यति रकम नतिरे त्यसबापत चार वर्ष बढी कैद बस्नुपर्छ । जरिवाना तिरे उनी अबको २२ महिनामा जेलमुक्त हुन पाउँछन । उनले तस्करी गर्न जानेको भारी बोकेका थिए ।
गैंडाको खाग तस्करीमा संलग्न प्रजासँगै अहिले अन्य सातजना परिवारका सदस्य भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका छन् । आर्थिक प्रलोभनले परिवारका सदस्य उक्साहटमा लागेका थिए।
शक्तिखोरकी ५५ वर्षीया अमृता चेपाङले पनि खाग तस्करीको आरोपमा सजाय काटेकी छन् । उनी दुई पटक पक्राउ परेकी हुन् । श्रीमान् भगाएको आरोपमा २०६२ सालमा पक्राउ परेकी उनी पाँच वर्षमा छुटिन्। फेरि २०७० को माघे संक्रान्तिमा पक्राउ परिन्। अमृताका तीनवटा मुद्दाको फैसला भएको छ भने एउटा मुद्दा अदालतमै छ । उनका श्रीमान् ५२ वर्षीय वीरबहादुर चेपाङका चारमध्ये एउटा मुद्दा फैसला हुन बाँकी छ। ‘गैंडाका कारणले जेलमा बस्दा बल्ल गैंडाको महत्व थाहा भएको छु, अमृताले भनिन्।
मकवानपुर बसामाडीका रामशरण विकलाई पनि गैंडा मारी पछुतो भएको छ । उनी स्थानीयस्तरमा गैंडा मार्न लगाएर खाग राजधानी लगेर बिक्री गर्थे । सात वर्षदेखि जेलमा बसेका उनलाई गैंडा मारेकोमा पछुलो लागेको छ । गैंडाको खाग तस्करी गरेर चालीस लाख कमाए पनि सबै सकिएको उनले बताए। उनले खाग पुर्‍याउने चिनियाँ नागरिक छिरिङ पाल्देन पनि जेलमा छन् ।
भरतपुर कारागारमा गैंडा मारेको मुद्दामा १ सय २४ जना रहेका छन् । १ सय २० जना पुरुष, ३ जना थुनुवा र एक महिला कैदी छन् तीमध्ये ३५ जना चेपाङ समुदायकै छन् । पछिल्लो पटक गैंडा मार्ने र खाग तस्करी गर्नेहरू कम भएको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए । – आजको अन्नपूर्णबाट


ADVERTISEMENT

# # #