काठमाडौँ– बिहिवार राष्ट्रपतिले नयाँ सरकारका लागि संविधान धारा ७६ (५) अनुसार गरेको आह्वानसंगै समभावित विकल्पबारे छलफल गर्न आज तीनै पक्षका शिर्ष नेताहरु एकै ठाउँमा भेला भएका छन् ।


ADVERTISEMENT


नयाँ सरकार गठनका विकल्पबारे आवश्यक छलफल गर्नका निमित्त सबै पक्षसँग छलफल गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल आज बैठकका लागि भेला भएका हुन् ।


ADVERTISEMENT

# # #


सो बैठक कांग्रेस सभापति लागि दलका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा हुने भएकाले देउवा बुढानिलकण्ठस्थित पुगिसकेका छन् । त्यसलगत्तै माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमालेका बरिष्ठ नेता नेपाल पनि बुढानिलकण्ठ पुगेका छन् ।

राष्ट्रपतिले नयाँ सरकारका लागि संविधान धारा ७६ (५) अनुसार नयाँ सरकारगठनका लागि राष्ट्रपतिले दिएको समय आजै सकिदैछ ।