काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको आह्वान गरेकी छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै जेठ ७ गते साँझ ५ बजेसम्म वैकल्पिक सरकार गठनको समयसीमा तोकेकी हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्माओलीले संसदमा विश्वासको नलिने र वैकल्पिक सरकार गठनको मार्गप्रशस्त गर्ने बताएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार गठनको लागि प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले गत वैशाख २७ गने प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि पदमुक्त भएका थिए । त्यसपश्चात राष्ट्रपतिले धारा ७६ को २ अनुसार गठबन्धनको सरकार गठनका लागि समयसीमा तोकेकी थिइन् ।

उक्त समयसम्म सरकार गठनको पहल नभएपछि धारा ७६ को ३ अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले पुनः ओली नै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले संविधानको धारा ७६ को ४ अनुसार ३० दिनभित्र संसदमा विश्वासको मत हासिल गर्नुपर्छ । तर, ओलीले विश्वासको मत पाउने नदेखेपछि वैकल्पिक सरकार गठनको लागि बाटो खोलि दिएका हुन् ।

अब धारा ७६ को ५ अनुसार संसदको कुनै पनि सदस्यले आफूसँग संसदको बहुमत छ भन्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले उसलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् । त्यस्तो व्यक्तिले नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत पाउनु पर्छ ।