काठमाडौँ – राष्ट्रियसभामा निर्वाचित भएपछि डा. खिमलाल देवकोटाले संसदमा काम गरेर देखाउने बताएका छन् । राष्ट्रियसभाका लागि बाग्मती प्रदेशबाट स्वतन्त्र रुपमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै डा. देवकोटाले आफूले इतिहास रचेको बताए ।


ADVERTISEMENT


एमालेका मतदाताले समेत आफूले भोट दिएको बताउँदै उनले भने, ‘राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेँ । अब राष्ट्रियसभामा स्वतन्त्र रुपमा सबै पार्टीको आवाज बोल्नेछु ।’


ADVERTISEMENT

# # #


आजै भएको निर्वाचनमा उनले एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका थिए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

देवकोटाले ५०८८ मतभार पाएका थिए भने उनकोका निकटतम् प्रतिद्वन्द्वी बादलले ४०१४ पाएका पाए ।