काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीय ज्ञवालीले गृहमन्त्री रामबहादुर थापा लगायतका ७ जना गैरसांसद मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको फैसला सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता समेत रहेका ज्ञवालीले सर्वोच्चको फैसलाको कार्यान्वयन गर्नु सरकारको कर्तव्य रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सर्वोच्चको फैसmलाप्रति हाम्रा केही फरक तर्क र राय हुन सक्छन् । तर, अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो र हामी कार्यान्वयन गर्छौँ ।’

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सांसद नभएर नै मन्त्री बनेका सात जनाको नियुक्ति संविधान विपरित भएको भन्दै मन्त्रीका रुपमा काम नगर्न नगराउन आदेश दिएको थियो । उक्त आदेश अनुसार गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, श्रम तथा राजगारमन्त्री गौरीशंकर चौधरी, खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, उर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीको पद खारेज भएको छ ।