काठमाडौँ– कोरोना महामारीको समयमा पनि दिनरात नभनी अहोरात्र जनसुरक्षामा लागिपरेका फ्रन्टलाइन सेवादाताको व्यक्तिगत स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आइसोलेशन सेन्टर स्थापना गरी सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


हिन्दू स्वयंसेवक संघ नेपाल, अग्रवाल सेवा केन्द्र नेपाल, नेपाल चिकित्सक संघ, सेवा इन्टरनेशनल नेपाल एवं उपकार सेवा नेपालको संयुक्त प्रयासमा सो कार्यक्रमलाई अघि सारिएको हो ।


ADVERTISEMENT

# # #


योजनाअनुरुप सो कार्यको आज कमलपोखरीस्थित अग्रवाल भवनमा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।

विभिन्न संस्थाको संयुक्ततामा अघि बढाइएको सो योजनाअन्र्तगत कोभिड–१९ महामारीको व्याप्त त्रास एवम् जोखिमबीच पनि स्वास्थ्य प्रवाहमा अहोरात्र खटेका चिकित्सकहरू एवं अग्रपंक्तिमा लागेका सेवा प्रदात्ताहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति ‘हामी जित्नेछौँ’ भन्ने मुलमन्त्रका साथ ‘क्वारेन्टीन/माइल्ड आइसोलेशन सेन्टर स्थापना र सञ्चालन’ गर्न लागिएको हो ।