काठमाडौं– काठमाडौं महानगरपालिका अन्र्तगतका विद्यालयहरुलाई महानगरपालिकाले जेठ २० गतेसम्म परीक्षा लिइसक्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाउँदै जेठ २० भित्र परीक्षा सक्न र वेठकै मसान्तसम्म नतिजा प्रकाशित गर्न महानगरको शिक्षा विभागले निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


महानगरले आज एक सुचना जारी गर्दै अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएरलगायत विद्यालय अनुकूल हुने गरी परीक्षा सञ्चालन गरी असारको पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरभित्रका सम्पुर्ण विद्यालयलाई आग्रह गरेको हो ।

शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा जारी सो सुचनामा कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा भने यथाशीघ्र सुचित गरिने जनाइएको छ ।