काठमाडौँ – सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार दिउँसो ‘वान टु वान’ वार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।


ADVERTISEMENT


पार्टी विवाद हल गर्ने गरी कार्यदल सदस्यको नाम टुंग्याउन ओली र नेपालबीच भेटवार्ता भएको हो ।नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।


ADVERTISEMENT

# # #