काठमाडौँ – अर्थमन्त्री बिष्णु पौडेलले सरकारको सम्पूर्ण सामथ्र्य कोरोना रोकथाम र न्यूनीकरणका साथै संक्रमितको प्रभावकारी उपचारमा लगाउने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार मन्त्री पदको सपथपछि सिंहदबारमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले कोरोना महामारीबिरुद्धको प्रयासलाई सघन र प्रभावकारी बनाउदै लैजाने बताएका हुन्


ADVERTISEMENT

# # #


उनले संक्रमितको उपचारमा कुनै कमी हुन नदिन सरका गम्भीर रुपमा लागेको जानकारी दिए । त्यस्तै मन्त्री पौडेलले कोरोना महमारीबाट प्रभावित नेपालको अर्थतन्त्रलाई प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक रहेको भन्दै आगामी बजेट अर्थतन्त्रलाई गतिशिल बनाउने गरि आउने जानकारी दिए ।

उनले केपी ओली नेतृत्वको सरकार बिस्थापीत गर्न अनेक प्रकारको असरत भएको भन्दै वैकल्पिक सरकार गठन गर्ने प्रयास असफल भएको धारणा राखे ।

उनले नेपालमा कम्युनिष्टलाई नै असफल बनाउने प्रयास भइरहेको उल्लेख गरे ।