काठमाडौँ– अक्सिजनको चरम अभावबीच बाग्मति प्रदेश प्रहरीले ‘अक्सिजन सिलिण्डर संकलन–वितरण’ अभियान सञ्चालन गरेको छ ।


ADVERTISEMENT


सो अभियानमार्फत संकलित सिलिण्डर सम्बन्धित जिल्लाको डिसिसिएमसीको निर्णय अनुसार आवश्यकताको आधारमा विभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको हो ।


ADVERTISEMENT

# # #


बढ्दो कोभिड–१९ को संक्रमणसंगै पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युवरण गर्नु परेको घटनाहरु बढ्दै गईरहेकाले सो अभियान सञ्चालन गरिएको प्रहरीको भनाई छ । उनीहरुका अनुसार, अस्पतालहरुमा अक्सिजन सिलिण्डरको खपत समेत बढ्दै गईरहेकोले अस्पताल बाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिण्डरहरुको संकलन गर्ने कार्य गरिएको हो ।

प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा ब्यक्तीहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गर्ने सन्दर्भमा हालसम्म १२९ थान भरिएका र ५४१ थान खाली गरी जम्मा ६७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ ।

संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न ब्यवस्थापन गरिएकोमा सहयोग गर्न सकिने केही सिलिण्डरहरु अत्यावश्यक महसुस गरिएका अन्यन्त्र स्थानहरुमा समेत उपलब्ध गराउने कार्य गरिएको छ, भने त्यसमध्ये कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाण्डौलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको छ भने स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, त्यसैगरी हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गर्ने कार्य गरिएको छ ।

प्रहरीले अक्सिजनका सिलिण्डरहरु संकलन गर्ने कार्यलाई अझै तीव्रताका साथ अघि बढाएको छ, साथै मानव जीवनसंग सम्बन्धित यस पुण्य कार्यमा सहयोग गर्न सवैलाई आग्रह समेत गरेको छ ।