काठमाडौँ – आज देशभरी इस्लाम धर्मावलम्बीको महान पर्व इल-उल-फित्र मनाइदै छ। एक महिनासम्म चल्ने व्रत रमजानको समापन गर्दै यो पर्व मनाइन्छ। आजको दिन मुस्लिम धर्मावलम्बीहरूले बिहानै नुहाइधुवाई गरी नयाँ लुगा लगाइ मस्जिद तथा खुल्ला ठाउँमा जम्मा भइ सामूहिक प्रार्थना गर्ने गरिन्छ। तर कोरोना महामारीका कारण यस वर्ष इस्लाम धर्मावलम्बीले घरमै भिडभाड नगरी ईद मनाउँदैछन् ।


ADVERTISEMENT


इस्लामिक पात्रो हिजरी सम्वतको नवौं महिनामा रमजान पर्दछ। यो महिनाभर दिनभरी व्रत (रोजा) बस्ने गरिन्छ।


ADVERTISEMENT

# # #


इद उल फित्रको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।
उनले इद (इद–उल–फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिँदै उनले विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा यो चाड मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको मौलिक पहिचान भएको जनाइन् ।

उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको दोस्रो स्वरुप नेपालमा पनि देखा परेकोले यसबाट बच्नका लागि भिडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी इद मनाउनका लागि विशेष आग्रह गरेकी छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत उनले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने जनाउँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी सद्भाव र सहिष्णुताका साथ कोभिङ १९ का जोखिमप्रति सचेत हुँदै यो पर्व मनाउन आग्रह गरेका छन् ।