रूपान्तरण (मेटामोफोर्सिस)


ADVERTISEMENT


एउटी प्रेमिका आई
ओछ्यान मिलाइदिई
भान्साकोठा, ट्वाइलेट र बाथटब सफा गरिदिई
भित्तामा जमेको काइ रगडिदिई
कुचो लगाइदिई
खुट्टाका नङ र कपाल काटिदिई
एकैदिनमा


ADVERTISEMENT

# # #


त्यही दिन प्लम्बर आयो र धारा जोडिदियो
ट्वाइलेट बनाइदियो
ग्याँस जोड्ने मान्छे आयो हिटर बनाइदियो
फोन बनाउने मान्छे आयो बिग्रिएको फोन बनाइदियो
र यतिबेला म पूर्णतामा बाँचिरहेको छु
यो समय एकदमै शान्तिपूर्ण छ

यसअघि मलाई मेरा तीनवटा प्रेमिकाले छाडेर गैसके
म ठीकठाक बाँचिरहेको थिएँ जब सबथोक अस्तब्यस्त थियो
यतिबेला मैले जीवनको लय गुमाएको छु
मेरो निंदचैन हराएको छु
मलाई केही खान मन पनि लागेको छैन
कोठामा साङ्लाहरू समेत छैनन्
अब पहिले जस्तै दिन सामान्य हुन महीनौं लाग्नेछ

एउटी प्रेमिका आई
जसले मेरो घिनलाग्दो जीवन पनि खोसेर गई

अनुवाद : देवव्रत