काठमाडौँ–  धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको विभिन्न दलका नेताहरु आफुले चुनाव जित्ने दाबी गर्छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका दिलमान पाख्रिनले चुनावको प्रचार प्रसार र व्यवस्थापनमा सक्रिय भइसकेको बताएका छन् । पाख्रिनले भूकम्पपछिको पुनः निर्माणको काम प्रभावकारी नभएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताएका छन् । भूकम्प पीडितले सरकारले दिने भनिएको अनुदान रकम नपाएकाले त्यस्ता पीडितलाई घर बनाउनका लागि पैसाको व्यवस्था गर्ने दाबी पाख्रिनको छ ।


ADVERTISEMENT

# # #


पुनः निर्माण प्राधिकरणले नीतिगत सुधार गरेर पीडित जनताको हितमा काम गर्नुपर्ने र त्यसका लागि आफु अग्रसर हुने प्रतिवद्धता पाख्रिनले गरेका छन् । राजधानी काठमाण्डौसँग जोडिएको जिल्ला भएर पनि धादिङ बत्ति मुनीको अध्यारो भएको भन्दै पाख्रिनले विकासका पूर्वाधारको रुपमा सडक निर्माणलाई प्राथमिकता दिने बताए ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका खेम लोहोनीले पनि भूकम्प पीडितलाई घरबारको व्यवस्था गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको बताए । यातायात पूर्वाधारको आवश्यकतालाई पनि आफुले विकासको एजेण्डामा उच्च प्राथमिकता दिने उम्मेदवार लोहोनीले बताए ।

“धादिङको १३ वटै गाउँपालिकामा १२ महिना नै सवारी साधन चल्न सक्ने गरी बाटो पक्की बनाउनुपर्छ ।” लोहोनीले भने ।
दीर्घकालिन रुपमा रोजगारीका कार्यक्रम ल्याउने काम आफ्नो प्राथमिकतामा रहेको उम्मेदवार लाहोनीको भनाई छ ।

“स्थानीय स्तरबाट रोजगार दिन सक्ने कार्यक्रम ल्याउनुपर्छ । त्यो मेरो प्राथमिकतामा रहन्छ ।” लाहोनीले भने ।
संविधान कार्यान्वयन गर्दै जनताका समस्या समाधान गर्ने बाटोमा आफू लाग्ने लाहोनीको दाबी छ ।