काठमाडौँ– कोभिड–१९ कारण अधिकांश स्थानमा जारी निषेधाज्ञालाई लक्षित गर्दै नेपाल टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड’ अफर ल्याएको छ ।


ADVERTISEMENT


यसअन्र्तगत टेलिकमले एक महिना अवधिका लागि ‘अनलिमिटेड डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध गराउने भएको हो ।


ADVERTISEMENT

# # #


जसमा ‘अनलिमिटेड डे डाटा प्याकेज’ मा डे डाटा प्याकको सेवा रु ३९ पाइने र यसको स्पिड १ एमबिपिएससम्म रहने कम्पनीले जनाएको छ । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चलाउन सकिने सो डाटाका समयावधिको खरीद गरेको २४ घन्टासम्म मान्य रहनेछ । यद्यपि उक्त सेवा दैनिक रुपमो १ पटक मात्रै खरीद गर्न सकिने टेलिकमको भनाई छ ।

यसैगरि, रिचार्ज बोनसका हकमा भने रु. २०० देखि ४९९ सम्म रिचार्ज गरेको खण्डमा ५०० एमबी डाटा बोनसस्वरुप उपभोक्ताले प्राप्त गर्न सक्नेछन् । यद्यपि यसको समयावधि भने कम्पनीले २ दिन तोकेको छ । त्यस्तै, रु ५ सयभन्दा माथि रिचार्ज गरेको खण्डमा १०२४ डाटा उपलब्ध गराइने र त्यसको अवधि भने ४ दिनसम्म रहने टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार, आफ्नो सिममा फोरजी चले/नचलेको थाहा पाउन वा सुचारु गर्न *४४४# मा डायल गर्न सकिनेछ ।