काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठस्थित उनकै निजी निवास पुगेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्माओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्माणका लागि दिएको म्याद आज राती ९ बजे सकिँदैछ ।


ADVERTISEMENT

# # #


पछिल्लो समय कांग्रेस आफू नेतृत्वको नयाँ सरकार गठनका लागि लागीपरेको छ । सभापति देउवाले आजै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग बुढानीलकण्ठमै भेटवार्ता गरेका थिए ।

कांग्रेसले आजै पार्टी पदाधिकारी बैठक बोलाएको छ । उक्त बैठक अधि प्रचण्ड पनि नयाँ सरकार गठनका लागि आवश्यक छलफल गर्न देउवा निवास पुगेका हुन् ।