काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।


ADVERTISEMENT


उनीहरुबीच बूडानीलकण्ठमा भेटवार्ता सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


बिहीबार बिहान बालुवाटारमा बसको एमालेको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेतालाई गरेको कारवाही फिर्ता लिएको थियो । कारवाही फिर्तासँगै नेपाल पक्ष वार्ताका लागि सकारात्मक बनेको थियो भने ओलीले नेपाललाई वार्ताका लागि बोलाएका थिए ।

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज राती ९ बजे सकिँदैछ । उक्त समय अघि ओली र नेपालबीच वार्ता भएको हो । नेपाल पक्षका २८ सांसदले सांसदबाट राजीनामा दिने तयारी गरिरहेका बेला ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सरकार गठनमा सहभागी नहुने बताउँदै आएका जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । उनीहरुसँगको भेटपछि देउवाले कांग्रेस पदाधिकारीको बैठक बोलाएका छन् ।