काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आजै ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


उनले आज बिहान आफ्नै निवासमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नयाँ सरकार निर्माणका लागि छलफल गरेका थिए । उनीहरुसँगको छलफल सकिए लगत्तै देउवाले पदाधिकारी बैठक डाकेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्माओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्माणका लागि दिएको म्याद आज राती ९ बजे सकिँदैछ । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई समूह नयाँ सरकारका लागि विपक्षी गठबन्धन हुनुपर्ने बताइरहे पनि विश्वासको मतमा तटस्थ बसेको महन्थ–राजेन्द्र समूहले भने जसपाले सरकार निर्माणमा सहभागिता नजनाउने बताउँदै आएका थिए ।