काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा (नवौ संशोधन) विधेयक २०७४ प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सो बिधेयक सोमबार प्रमाणीकरण गरेकी हुन् ।


ADVERTISEMENT


नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणिकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसैवीच, सोमबार नै राष्ट्रपति भण्डारीसमक्ष चार देशका आवासीय र गैरआवासीय राजदुतहरुले आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

नर्वे, जर्मनी, ईयू र न्यूजील्याण्डका राजदूतहरुले राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।