काठमाडौँ– भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजीनामा सरकारले स्वीकृत गरेको छ ।


ADVERTISEMENT


यससँगै उपाध्यालाई राजनीतिक गतिविधिमा लाग्ने बाटो खुलेको छ । आगामी संघीय संसदमा कपिलवस्तु निर्वाचन क्षेत्र १ बाट चुनाव लड्ने भन्दै दशै अगाडि राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भएपछि उपाध्यायले आफूले लामो समय नेपाली जनता र देशको सेवामा बिताएको र त्यसैलाई निरन्तरता दिनको लागि राजदूत पद त्यागेको बताए ।


ADVERTISEMENT

# # #


उनले आफ्नो कार्यकालमा नेपाल र भारतको सम्बन्धमा निकै सुधार भएको र केही महत्वपूर्ण उपलब्धिहरु समेत भएको दाबी गरे । संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीका कारण दुई देशबीचमा उत्पन्न असहज अवस्थामा उनी भारतका लागि राजदूत भएका थिए ।