काठमाडौँ – कोरोना संक्रमणका कारण तीन सातादेखि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमलराज्य लक्ष्मी शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।


ADVERTISEMENT


स्वास्थ्यमा सुधारपछि उनलाई आईसीयुबाट साधारण बेडमा सारिएको अस्पतालले जनाएको छ । उनलाई स्पेशल क्याबिनको साधारण बेडमा राखिएको हो ।


ADVERTISEMENT

# # #


भारतको कुम्भमेलाबाट फर्किएपछि उनीसहित पूर्वराजा ज्ञानेन्द्र र छोरी प्रेरणालाई कोरोना देखिएको थियो ।

संक्रमणपछि अस्पताल भर्ना भएका उनीहरुमध्ये कोमलको स्वास्थ्य अवस्था असामान्य थियो । उनलाई अक्सिजनको सहायताले प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।