काठमाडौँ – कोरोना बिरामीबाट मापदण्डभन्दा बढी रकम असुलेको भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले ह्याम्स र काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताललाई स्पष्टिकरण सोधेका छन् ।
दुबै अस्पतालका सञ्चालकलाई कार्यालयमा बोलाएर बिहीवार लिखित जवाफसहित उपस्थिति हुन भनिएको सीडीओ पराजुलीले जानकारी दिए ।


ADVERTISEMENT


सरकारी मापदण्डभन्दा निकै बढी रकम असुलेको भन्दै उजुरी परेपछि स्पष्टिकरण सोधिएको उनले बताए । उनले भने, ‘मापदण्ड भन्दा बढी रकम असुलेको पाइएमा कारवाही गर्नेछौँ ।’


ADVERTISEMENT

# # #


केएमसीले नयाँ भर्ना हुने कोरोना बिरामीका लागि दैनिक ३० हजारसम्म र ह्याम्सले ५० हजारसम्म शुल्क लाग्ने सूचना सार्वजनिक गरेको छ ।