सिरहा – नेपाल–भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ ।


ADVERTISEMENT


कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरहाका सबै सिमानाका सिल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भारतीय सिमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको प्रजिअ कणेँलले बताए । बढ्दो कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी भारतीय सिमासँग जोडिएका नाकाहरू सिल गरिएको उनको भनाइ छ ।